कपिलवस्तु र कास्कीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कपिलवस्तु र कास्कीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुको वाणगंगा नगरपालिका – २ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय  २५ वर्षिय रमेश बि.क. र सोही मोटरसाइकलमा सवार २७ वर्षिय गोपाल बि.क . रहेका छन् ।

बुधबार लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको  मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाईते भएका थिए ।  घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 यस्तै कास्कीको पोखरा महानगरपालिका – ८ सभागृह चोकमा बुधबार  बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छिन् ।

गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी वृद्धालाई  ठक्कर दिएको थियो । बस सहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo