अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडि बाहिरिएको जनाएको छ । बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो ।
अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ ।
यससँगै अब यू–१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन् । श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यू– १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन् ।
यस्तै यू–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।
प्रतिक्रिया