उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध हटाउन तीनबुँदे सहमति

उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध हटाउन तीनबुँदे सहमति

केन्द्रबिन्दु
0
Shares

उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ।

काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो।

गएराति भएको सहमति अनुसारका विषयमा छलफल गर्न बिहीबार बिहान ११ बजे सर्वदलिय बैठक बस्दै छ । सर्वदलीय बैठकमा स्थानीय बासिन्दाको आन्दोलन र सहमतिका बुँदा कार्यान्वयन सम्बन्धमा छलफल हुने छ। बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र विगतमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति गएराति भएको हो। सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुगमन गरिने भएको छ। 

पाँच घण्टा लामो छलफलपछि भएको सहमतिसँगै फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। तर स्थानीयले आन्दोलन फिर्ता लिएका छैनन्। सहमतिबारे आधिकारिक जानकारी आएपछि मात्रै आन्दोलन रोक्ने उनिहरुले बताएका छन् । 
 

Logo