कपिलवस्तुको वाणगंगा नगरपालिका – २ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षिय रमेश बि.क र सोही मोटरसाइकलमा सवार २७ वर्षिय गोपाल बि.क रहेका छन् ।
बुधबार लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाईते भएका थिए ।
घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।





























प्रतिक्रिया