वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले रिक्त ३ पद आफैंले सम्हाले

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले रिक्त ३ पद आफैंले सम्हाले


मकवानपुर ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आजदेखि आफै सम्हालेका छन् ।

वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन तथा वन वातारण मन्त्रालयको काम कारबाही सम्हालेका हुन् ।

मुख्यमन्त्री पौडेलले रिक्त रहेको मन्त्रालय आफूले नै सम्हाल्ने भएको लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई सिफारिस गरी पठाए अनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।रासस

Logo