शनिबार बिहानैदेखि सम्पर्कबिहिन अल्टिच्युड एअरको हेलिकप्टर धादिङमा अवतरण भएको हुन् सक्ने अनुमान गरिएको छ ।
हेलिकप्टर ५ जना नेपाली र १ जना जापानी नागरिक बोकेर गोरखाको सानोगाउँबाट काठमाडौं आउँदै थियो । हेलिकप्टर क्याप्टेन निश्चल केसीले चलाएको थिए । कम्पनीका संचालक सिताराम सापकोटाले उक्त हेलिकप्टर धादिङमा अवतरण भएको अनुमान गरिएको जानकारी दिए । हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाईएको छ । तर मौसम खराबीका कारण अवतरण गर्न नसकिएको सापकोटाले बताए ।
कल साइन ९ एनको हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए ।
नुवाकोट र धादिङको सिमानामा पर्ने मेघांग गाउपालिकामा हेलिकप्टर देखिएको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको छ । हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो ।
प्रतिक्रिया