कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध


कर्णालीका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरुद्ध छ ।

कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।

Logo