खेलकुद पोषाक कप्पनी लिनिङले राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजना गर्नका लागि मंगलवार सम्झौता गरेको छ ।
खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केटबलबीच मंगलवार सम्झौता भएको हो । सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार नेपाली बास्केट बलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता जनाउँदा महिला र पुरुष दुवैतर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोषाक प्रयोग गर्नुपर्नेछ ।
सम्झौतापछि नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउने हुँदा खुशी लागेको बताइन् ।
सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्ष यसलाई निरन्तरता दिइने सिटिएलका अध्यक्ष महर्जनले बताए । लिनिङले प्रायोजनबापत उपलब्ध गराउने सामग्रीबाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख छ ।
संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिनुभयो । यस्तै सम्झौतामा लिनिङले प्रचार प्रसारका लागि बास्केट बलका खेलाडी प्रायोग गर्नसक्ने र संघले लिनिङको प्रचारमा सहयोग गर्नुपर्नेछ ।





























प्रतिक्रिया