च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक : बार्सिलोना, बायर्न र इन्टर ग्रुप अफ डेथमा

च्याम्पियन्स लिग ‘ड्र’ सार्वजनिक : बार्सिलोना, बायर्न र इन्टर ग्रुप अफ डेथमा

केन्द्रबिन्दु
0
Shares

युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ । 

यूईएफएले नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । ड्र अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । बार्सिलोना र बायर्न समूह ‘सी’ मा परेका छन् । साविक विजेता रियल मड्रिड भने समूह ‘एफ’ मा परेको छ । 

समूह चरणको ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेका छन् ।
यस्तै समूह ‘बी’ मा पोर्टो, एटलेटिको म्याड्रिड, बायर लेभरकुजन र क्लब ब्रुग्स परेका छन् ।
समूह ‘सी’ मा बायर्न म्युनिक, बार्सिलोना, इन्टर मिलान र भिक्टोरिया प्लाजेन परेको छ । यो नै लिग चरणमा सबैभन्दा कठिन समूह हुन सक्नेछ । यस्तै समूह ‘डी’ मा इन्ट्राख्त फ्रायन्कफर्ट, टोटनहम, स्पोर्टिङ लिस्बन र मार्से छन् ।

समूह ‘ई’ मा एसी मिलान, चेल्सी, आरबी साल्गबर्ग र डायनामो जाग्रेब, समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमन्ड र एफसी कोपेनहेगन छन् । समूह ‘एच’ मा भने पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेनफिका र मकाबी आइफा भिड्ने छन् । 

युइएफले प्रतियोगितामा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरेको छ । घरेलु लिगको प्रदर्शन आधारमा २६ तथा प्लेअफबाट ६ गरी कुल ३२ टोलीले प्रतियोगितामा स्थान बनाएका हुन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । 

 

Logo