इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९-० को जित निकालेको छ ।
लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, टेन्ट एलेक्सजाण्डर अर्नाेल्ड , भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे । बर्नमाउथका क्रिस मेपहमले आत्माघाति गोल गरे । पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।
जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा छ । बर्नेमाउथ ४ खेलबाट तीन अंक सहित १६औं स्थानमा छ । यस्तै अन्य खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकाले । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १-० ले पराजित गर्याे ।
अर्काे रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४-२ को जित निकाल्यो । यता, चेल्सीले लेस्टर सिटीलाई २-१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १-१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १-० ले पराजित गर्याे ।





























प्रतिक्रिया