हङकङका उपकप्तान किञ्चितले रंगशालामै प्रेमिकालाई गरे प्रपोज

हङकङका उपकप्तान किञ्चितले रंगशालामै प्रेमिकालाई गरे प्रपोज

केन्द्रबिन्दु
0
Shares

एसिया कपको आफ्नो पहिलो खेलमा हङकङ भारतसँग ४० रनले पराजित भएको छ ।

खेल हारे पनि खेलपछि उपकप्तान किञ्चितले दिल जितेका छन् । खेल सकिएपछि उनी सिधै प्याराफिटमा गएर खेल हेरिरहेकी आफ्नी प्रेमिकालाई बोलाए । अलिकति घुँडा टेकेर उनले आफ्नो प्रेमिकाको हातमा हिराको औंठी लगाइदिँदै विवाहको प्रस्ताव गरे ।

उनको यो सरप्राइजले प्रेमिका पनि छक्क परिन् र उनको प्रस्तावलाई स्वीकार गरेकी छन्। किञ्चितले आफ्नी प्रेमिकालाई प्रपोज गरेको भिडियो स्टेडियमको ठूलो पर्दामा देखाइएको थियो । त्यसपछि दर्शक पनि खुसीले कराउन थालेका थिए ।

यो दृश्य देखेर हङकङको सम्पूर्ण टिमले उत्साहका साथ ताली बजायो । भारतीय मुलका किन्चितको जन्म मुम्बईमै भएको हो । उनी ३ महिनाको हुँदा परिवारसहित हङकङ गएका थिए । आफ्ना बुवाले क्रिकेट खेलेको देखेपछि १० वर्षको उमेरमै उनले लेदर बलबाट क्रिकेट खेल्न सुरू गरेका थिए ।
 

Logo