नेपाललाई केन्याको २१९ रनको चुनौती, जवाफी ब्याटिङ सुरु

नेपाललाई केन्याको २१९ रनको चुनौती, जवाफी ब्याटिङ सुरु

केन्द्रबिन्दु
0
Shares

केन्याले नेपाललाई २१९ रनको चुनौती दिएको छ । नैरोवीस्थित जिमखाना मैदानमा जारी एकदिवसीय खेलमा पाहुना टोली नेपाललाई केन्याले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रन जोडेर उक्त चुनौती दिएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाए पनि पाँचौं विकेटका लागि राकेप पटेल र कोलिन्स यबुयाले १३० रनको शतकीय साझेदारी गर्न सफल भएर नेपालसामु २१९ रनको चुनौती प्रस्तुत गरेको हो । 

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन र कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको पारी खेले । केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन जोडे । 

केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले ३–३, आदिल आलम र पवन सर्राफले १–१ विकेट लिएका थिए । 
नेपाल जवाफी ब्याटिङ सुरु गरेको छ ।  

Skip This
Skip This
Logo