यसपटक उपाधि लैजान दिँदैनौं -कप्तान एन्जिला

यसपटक उपाधि लैजान दिँदैनौं -कप्तान एन्जिला

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले मंगलवारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने बताएकी छन् । 

काठमाडौंमा सोमवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता उपाधि जित्नलाई प्रयास गर्ने बताएकी हुन् । 

मंगलवारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताइन् ।  

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमी कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताए । सात साताको अभ्यास पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले बताए । 
 
अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छ्रैन । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताएपनि प्रतिष्पर्धात्मक खेल हुने बताइन् । नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा कठिन हुने र अनुभव कम भएपनि राम्रो खेल्न प्रयास गर्ने उनले बताइन् । 

यस्तै अन्य टोलीले पनि साफल महिला च्याम्पियसिपका लागि तयारी राम्रो गरेको र प्रतिष्पर्धात्मक खेलका तयार रहेको प्रतिक्रिया दिए ।  मंगलवार हुन प्रतियोगितामा पाकिस्तान ८ वर्षपछि सहभागिता जनाउँदै छ । यो संस्करण साफका सबै देशले सहभागिता जनाउँदै छन् । उद्घाटन खेल खेल्न लागगेको नेपाल महिला साफको पाँच संस्करणमा उपविजेता बनेको हो ।  

नेपाल विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ । 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

Logo