केन्याविरूद्धकाे वन डे सिरिज नेपालद्वारा क्लिनस्विप

केन्याविरूद्धकाे वन डे सिरिज नेपालद्वारा क्लिनस्विप

केन्द्रबिन्दु
0
Shares

नेपालले घरेलु टोली केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा क्लिन स्विप गरेको छ । सोमबार भएको अन्तिम खेलमा ६ विकेटको जित हात पार्दै नेपालले समग्रमा सिरिज ३-० ले आफ्नो पोल्टामा पार्न सफल  भएको हो । 

नैरोवीस्थित जिमखाना मैदानमा जितका लागि २५६ रनको लक्ष्य पछ्याएको नेपाल ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि ओपनरद्वय अर्जुन साउद र आसिफ शेखले अर्धशतक पारी खेले । अर्जुनले ५८ रन तथा आसिफले  ५६ रन जोडेर पेभेलियन फर्किए । त्यस्तै,  वसिर अहमदले पनि आज अर्धशतक प्रहार गरेका छन् । उनी ५२ रनमा अविजित रहे । साथै कप्तान रोहिकुमार पौडेल पनि ४६ रनमा अविजित रहे । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको थियो । केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, लुकास एनडानडासन ५९ रनमा अविजित रहँदा सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए भने वसिर अहमद र शाहब आलमको नाममा एकएक विकेट रह्यो । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यसअघि नेपालले केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि खेलेको थियो जुनमा नेपालले ३-२को नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।  
 

Logo