ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त, भने-‘नेपालको क्रिकेट क्रेज मन पर्‍यो’

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त, भने-‘नेपालको क्रिकेट क्रेज मन पर्‍यो’

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन्। शुक्रबार एक कार्यक्रमकाबीच नेपाल टी-२० लिगले उनलाई मेन्टरमा नियुक्त गरेको हो । 

सो अवसरमा लीले नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताएका थिए । नेपाली क्रिकेटबारे पहिला पनि सुनेको उनले बताए । ‘नेपालबारे थाहा छ । क्रिकेट खेल्ने राष्ट्र हो र यहाँ राम्रा क्रिकेटरहरु छन् । नेपालको क्रिकेट क्रेज मन पर्यो ।’ उनले भने, ‘मलाई लिगको मेन्टर बनेकोमा खुशी लागेको छ ।’

नेपाल टी-२० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको घोषणा भएको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।  टी–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुँदैछ ।  प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

Logo