क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ ।
गत मंगलबार १७ वर्षीया नाबालिग बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।
लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।































प्रतिक्रिया