मड्रिड डर्वीमा रियलको जित

मड्रिड डर्वीमा रियलको जित

केन्द्रबिन्दु
0
Shares

एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ ।

मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्माेसोले एक गोल फर्काए । खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो ।

लगातार छैटौं जित  निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले बार्सिलोनालाई २ अंकले पछि पार्‍यो । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

Logo