मुख्य प्रशिक्षक थापाले त्यागे पद

मुख्य प्रशिक्षक थापाले त्यागे पद

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।   च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग नेपाल ३–१ ले पराजित भएपछि उनले आजै सोमबारदेखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।

'आजैको दिनदेखि म यो टिम छोड्छु ।',कुमारले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन । म अहिलेबाटै छाड्छु ।' 

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

Logo