प्रशिक्षक थापाले भने, ‘अवसर सदुपयोग गर्न सकेनौं, चुकेको भने होइन’

प्रशिक्षक थापाले भने, ‘अवसर सदुपयोग गर्न सकेनौं, चुकेको भने होइन’

केन्द्रबिन्दु
0
Shares

महिला साफ च्याम्पियनसिपको उपाधि जिताउन नसकेको भन्दै राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् ।

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको भन्दै माफी मागेका हुन् । 

‘हामीले राम्रो खेलेको हो, तर अवसर सदुपयोग गर्न सकेनौं’, थापाले भने, ‘चुकेको होइन ।’

थापाले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको पनि बताए । ‘हामीले सक्नेजति गरेका हौं, म प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने, ‘सबै प्रयास गरेको हो, उपाधि हामीले चाहेका थियौं, बंगलादेशले जित्यो, दुःख लागेको छ ।’

कप्तान तुम्बापोले खेलाडीमा अनुभवको कमी रहेको बताइन् । भनिन्, ‘नेपाली टिमलाई म्याच एक्सपोजर नपुगेको जस्तो लाग्छ ।’
 

Logo