आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ ।
पपुवा न्युगिनीको अमिनी पार्कमा मंगलबार भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो । नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४२.४ ओभरमा अलआउट हुदै १ सय १८ रन मात्र बनायो ।
उसका लागि नर्मन भानुवाले ३८ तथा चार्ल्स अमिनीले २७ रन बनाए । हिरी हिरीले १३ तथा चाड सोपारले १२ रन बनाए । दामिन रभिले ११ तथा सेसे बाउले ६ रन बनाए ।नामिबियाका लागि ब्रिनड स्कोलजले ३ तथा जान निकोल र जान फ्रायलिंक समान २र२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । उसका लागि मिचेल भान लिगेनले १ सय १९ रनको अविजित शतकीय ईनिङ खेले । कप्तान गेहार्ड इरास्मसले ६८ रनको अर्धशतकीय ईनिङ खेले । पपुवा न्युगिनीका लागि नर्मन भानुवाले ३ तथा सिमो कामियाले १ विकेट लिए ।
जितसँगै नामिबियाको २१ खेलमा २४ अंक भएको छ । लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । पपुवा न्युगिनी भने २३ खेलमा ५ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।





























प्रतिक्रिया