भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जस्प्रित बुमराहले टि२० विश्वकप गुमाउने भएका छन् ।
दुई सातापछि अष्ट्रेलियामा हुने विश्वकप नै बुमराहले ढाडको चोटको कारण गुमाउने भएपछि भारतलाई ठूलो झट्का लागेको छ । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । अब बुमराह नहुँदा दिपक चाहरले स्थान लिनसक्ने सम्भावना छ ।
टि२० विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । भारतले पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।





























प्रतिक्रिया