एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले थाइल्याण्डको सामना गर्दै

एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले थाइल्याण्डको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ । 

भियतनामको फु थो स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ । थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । 

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ ।  यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।
 

Logo