इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले एक एक गोल गरे ।बलियो युभेन्टसबिरुद्द मिलानले दुबै हाफमा एक एक गोल गरेको थियो । जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नापोली समान अंकसाथ शीर्ष स्थानमा छ । युभेन्टस ९ खेलबाट १३ अंक सहित आठौं स्थानमा छ ।





























प्रतिक्रिया