नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ । 

प्रतियोगिताको आज अपराह्न पोखरा रंगशालामा विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । कोरोना महामारीका कारण ३ बर्ष पछि हुन लागेको प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गरेका हुन् । 

भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरेका थिए भने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरे । साथै उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्ष पछि दोस्रो पटक पोखरामा आयोजना भएकाे हाे । 

प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुनेछ । साथै गण्डकीका मनाङ, मुस्ताङ र लम्जुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन् । ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन बिभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितमा भाग लिनेछन् । ४०४ स्वर्ण पदकका लागि ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता कात्तिक ३ गते सम्पन्न हुनेछ । 

Skip This
Skip This
Logo