नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् ।
पोखरा रंगशालामा आइतबार भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गरिन् । यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समयसहित कांस्य जितिन् ।
गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ०७.०२ सेकेण्डको टाइमिङसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यतिबेला उनले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोडेकी थिइन् ।





























प्रतिक्रिया