आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ ।

वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ । एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । सावित्राले ५६ औं मिनेटमा गरेको गोल एपिएफको फाइनल यात्राका लागि पर्याप्त बन्यो । जारी प्रतियोगितामा सावित्राको गोल सख्या १२ पुगेको छ ।एपिएफले अब उपाधिका लागि अर्को विभागिय टोली नेपालको पुलिस क्लबको सामना गर्नेछ ।

मंगलबार नै पुलिसले पुलिसले प्रदेश १ लाई ३–० ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । पुलिसको जितमा रेखा कुमारी पौडेल, निर्मला विक र निर्मला उपाध्ययले गोल गरेकी थिइन् । खेलको १३औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाइन् ।

१९औं मिनेटमा निर्मला विकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् । त्यसपछि ८०औं मिनेटमा परिवर्तित खेलाडी निर्मला उपाध्ययले गोल गर्दै पुलिसको जित पक्का गरिन् । निर्मला ७१औं मिनेटमा सिर्जना खड्काको स्थानमा मैदान छिरेकी थिइन् ।

Skip This
Skip This
Logo