लज्जास्पद हारसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरियो

लज्जास्पद हारसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको हो । आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको आयरल्यान्डले एक विकेटको क्षतिमा १५० रन बनाउँदै सुपर १२ को स्थान सुरक्षित गरेको हाे । 

आयरल्यान्डको जितमा पउल स्टर्लिङ अर्धशतक पारी खेले । उनी ४८ बलमा ६६ रन बनाउँदै अविजित रहे । साथै लुर्कान टकरले ४५ रनमा अविजित रहँदा कप्तानी एन्डी बलबर्नीले ३७ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका अकेल होसैनले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्रेन्डन किंगले सर्वाधिक ६२ रन जोडे । साथै जोन्सन चार्ल्सले २४ रन तथा ओडेन स्मिथले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्  । 

बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलानी एक्लैले तीन विकेट लिए । सिमि सिंह र ब्यारी म्याकर्थीले एक एक विकेट लिए ।

Logo