आइसिसी टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलिया पहिलो खेलमै स्तब्ध भएको छ । साविक विजेतासमेत रहेको अष्ट्रेलिया शनिबार न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको हो ।
न्युजिल्यान्डको २०० रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा १११ रन बनाउँदै अलआउट भएको हो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाए । त्यस्तै, प्याट कमिन्सले २१ रन, मिचेल मार्सले १६ रन, कप्तान आरोन फिन्चले १३ रन तथा टिम डेभिडले ११ रन बनाउनु्बाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
न्युजिल्यान्डका टिम साउथी र मिचेल सान्तरले समान ३/३ विकेट लिस् । त्यस्तै, ट्रेन्ट बोल्टले २ विकेट तथा लकी फर्गुसन र इश सोधीको नाममा एकएक विकेट रह्यो ।
त्यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि ओपनर डेभन कन्वे ९२ रनमा अविजित रहे । त्यस्तै, फिन एलेनले ४२ रन, केन विलियम्सन २३ रन बनाए भने जेम्श निसम २६ रनमा अविजित रहे ।
अष्ट्रेलियाका जोश हेजलवुडले प्याट कमिन्सले २ विकेट लिए भने एडम जाम्पाले १ विकेट लिए ।





























प्रतिक्रिया