पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा भारतले पाकिस्तानमाथि ४ विकेटको जित निकालेको हो । 

पाकिस्तानले दिएको १६० रनको विजयी लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । भारतलाई संघर्षपूर्ण जित दिलाउन विराट कोहलीले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेल्दै उनी ८२ रनमा अविजित रहे । साथै हार्दिक पाण्ड्याले ४० रनको पारि खेले ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद नवाज र हेरिस रौफले दुई/दुई विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि खेल सुरुवाती ओभर राम्रो रहन नसकेपनि अनुभवी ब्याटर इफ्तिखार अहमद र शन मकसुदको शानदार पार्टनरसीप र ब्याटिङ गरेर प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेका थिए ।

मकसुद सर्वाधिक ५२ रनमा अविजित रहे भने इफ्तिखार ५१ रनमा आउट भए ।  शाहिन शाह अफ्रिदीले १६ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । कप्तान बाबर आजम गोल्डेन डक आउट भएका थिए भने मोहम्मद रिजवान ४ रनमा क्याच आउट भए । 

बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पान्ड्याले समान ३/३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।

Logo