जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ ।
आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।
बुधबार भएको खेलमा आयरल्यान्डले उपाधिको प्रमुख दाबेदार इंंगल्यान्डलाई पराजित गरेर अर्को उलेटफेर गरेको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको छ ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा १०५-५ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । खेल पुन सुरु हुन नसकेपछि डकवर्थ लेविस पद्धतिको आधारमा इंगल्यान्ड ५ रनले पराजित भएको हो । टि२० आईमा आयरलयान्डले पहिलो पटक इंग्ल्यान्डलाई हराएको हो ।





























प्रतिक्रिया