क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।
गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएको हो । बायर्नको जितमा साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले एकएक गोल गरे ।
साथै बुधबार इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लाजानलाई ४–० ले हराएपछि बार्सिलोनाको आशा सकिएको थियो । झन् बायर्नसँगको हार त महंगो हुन पुग्यो ।
यससँगै समूह सी को बार्सिलोना लगातार दोस्रोपटक युरोपकै सर्वाधिक प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। गत सिजन पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।
प्रमुख खेलाडी लियोनल मेसीले क्लब छोडेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरण पार गर्न सकेको छैन।
बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्यो । इन्टर ५ खेलम १० अंकसाथ दोस्रो स्थानमा रहने पक्का भएको छ । समूहमा तेस्रो स्थानमा रहेको बार्सिलोनाले अब युरोपा लिग खेल्नेछ। पुछारको भिक्टोरिया अंकविहिन छ ।































प्रतिक्रिया