युरोपा लिगमा आर्सनल पीएसभी एन्टहोभनसँग स्तब्ध

युरोपा लिगमा आर्सनल पीएसभी एन्टहोभनसँग स्तब्ध

केन्द्रबिन्दु
0
Shares

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल युरोपा लिगमा पीएसभी एन्टहोभनसँग स्तब्ध बनेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनल ०–२ गोलले पराजित भएको हो । अन्तिम १६ मा प्रवेश गर्नका लागि आर्सनललाई मात्र १ अंक आवश्यक रहेको थियो । तर, खेलको ५५ औँ मिनेटमा जोई भिरमनले गोलमा आर्सनल पछि पर्‍यो । ६३ औँ मिनेटमा गोलकिपर एरन राम्सडेलको गल्तीको फाइदा उठाउँदै लुक डी योङले पीएसभीको अग्रता दोब्बर बनाए । युरोपियन प्रतियोगितामा आर्सनलले यो सिजन हार बेहोरेको यो पहिलो अवसर हो ।

हारका बाबजुद आर्सनल १२ अङ्कसहित समूह ए को शीर्ष स्थानमा छ । १० अङ्कसहित पीएसभी दोस्रो स्थानमा रहेको छ।

Logo