टी २० विश्वकपः शुक्रबारका दुवै खेल वर्षाले रद्द

टी २० विश्वकपः शुक्रबारका दुवै खेल वर्षाले रद्द

केन्द्रबिन्दु
0
Shares

वर्षा बाधक बनेपछि टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्यान्डले अंक बाँडेका छन् ।

मेलबर्नमा वर्षा भएपछि सुपर १२ को खेल अन्तर्गत शुक्रबारका लागि तय दुवै खेल रद्द भएका हुन् । पहिलो खेलमा अफ्गानिस्तान र आयरल्यान्डले पनि अंक बाँडेका थिए ।

खेल रद्द भएपछि इंग्ल्यान्ड, अस्ट्रेलिया र आयरल्यान्डको समान ३ खेलबाट ३ अंक भएको छ । ३ अंकमा समूहको शीर्ष स्थानमा रहेको न्युजिल्यान्डले एक खेल कम खेलेको छ । अफ्गानिस्तान र श्रीलंकाको समान २ अंक छ । 

Skip This
Skip This
Logo