पीएसजीको संघर्षपूर्ण जितमा, मेस्सी, नेयमार र एम्बाप्पेले गरे गोल

पीएसजीको संघर्षपूर्ण जितमा, मेस्सी, नेयमार र एम्बाप्पेले गरे गोल


स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४–३ को जित निकालेको छ । 

शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । तीन स्टार खेलाडी चम्किएपछि पिएसजीले तीन अंक प्राप्त गरेको हो । पिएसजीको गोलमा कार्लोस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे । मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए । एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए । 

ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन् । अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको ३० अंक छ । ट्रोयसक १३ अंक सहित ११औं स्थानमा छ ।
 

Logo