सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

केन्द्रबिन्दु
0
Shares

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। 

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दाकाे थुनछेक बहस नसकिएपछि शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबारदेखि सुरु भएको थुनछेक बहसमा ४ सरकारी वकिलसहित १७ जना अधिवक्ताले बहस गरिसकेका छन् । 

सन्दीपको पक्षमा बिहीबार वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस गरेका छन्। 

पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका छन् । जसमा सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरेका थिए। साथै वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए। 

गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । 

Skip This
Logo