लिभरपुलले टोटनहमलाई हरायो, जितसँगै लिभरपुल शीर्ष चारको आठौं स्थानमा उक्लियो

लिभरपुलले टोटनहमलाई हरायो, जितसँगै लिभरपुल शीर्ष चारको आठौं स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

टोटनहममाथि २–१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको आठौं स्थानमा उक्लिएको छ । 

जारी सिजन लिगमा खराब प्रदर्शन गरेको लिभरपुल आइतबार भने उत्कृष्ट लयमा देखियो । ११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । लिभरपुल १३ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । जुन चौथो स्थानको टोटनहमभन्दा ७ अंक कम हो । 

आइतबार नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३–१ को सहज जित निकालेको छ । 

Logo