संयुक्त अरब ईमिरेट्स (युएई)ले पहिलो ओडिआई खेलमा नेपाललाई जितका लागि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो । युएईका लागि अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाले अर्धशतक प्रहार गरे । उनले सर्वाधिक ५३ रन जोडे । मुस्तफाको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो ।
त्यस्तै, मोहम्मद वासिमले ४४ रन, वृत्य अरविन्दले ४० रन, अलिशान सारफूले २९ रन तथा आयान खानले २६ रन जोडे ।
बलिङतर्फ नेपालका लागि तीव्र गतिका बलर गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीको नाममा एकएक विकेट रह्यो । तीव्र गतिका बलर करण केसी आज विकेटविहिन रहे ।
प्रतिक्रिया