उपाधि रक्षा गर्न सक्ला फ्रान्सले ?

उपाधि रक्षा गर्न सक्ला फ्रान्सले ?


सन् २०२२ को नोभेम्बर २० अर्थात् मंसिर चार गते कतारमा सुरु हुँदैछ । फुटबल महाकुम्भको फाइनल डिसेम्बर १८ अर्थात् पुष ३ गते हुनेछ । विश्व फुटबलको २२औं संस्करण सुरु हुन अब केही दिन मात्रै बाँकी छ । नेपालमा जनप्रतिनिधि चयनका लागि मतदान भइरहँदा विश्व भने फुटबलमा रमाइरहेको हुनेछ । विश्वभरबाट बिभिन्न चरण गर्दै ३२ राष्ट्र विश्वकपका लागि छनोट भएका छन् । विश्वकप एसियामा दोस्रो पटक हुन लागेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । विश्वकप इतिहासमा पहिलो पटक जाडोयाम महाकुम्भ हुन लागेको हो । अन्य समय ४१ डिग्रीको चर्को घाम हुने कतारमा जाडो याममा भने २१ देखि २४ डिग्री सेल्सियको तापक्रम हुने भएकाले यो समय गर्न लागिएको हो । 

कतार विश्वकपमा विभिन्न सहरका ८ वटा रंगशालामा प्रतिस्पर्धा हुनेछ । तीमध्ये अधिकांश कतारले यहीँ विश्वकका लागि बनाएको हो । २० नोभेम्बरबाट अल बायेट स्टेडियमबाट सुरु भई १८ डिसेम्बरमा लुसेल स्टेडियममा भब्यताका साथ स्पर्धाहरु सकिनेछन् । विश्वकपका लागि धमाधम टोलीको घोषणा भइरहेको छ । 

फ्रान्स सन् १९३० को पहिलो विश्वकपमा भाग लिने चार युरोपेली राष्ट्रमध्येमा पर्छ । फ्रान्स अहिलेसम्म १५ वटा विश्वकपमा भाग लिने छैटौं र विश्वकप जित्ने आठौं राष्ट्र हो । उसले सन् १९९८ र २०१८ मा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ । आज हामी विश्वकपमा फ्रान्सेली टोलीको प्रदर्शन, इतिहास र कतार विश्वकपमा फ्रान्सको सम्भावना बारे चर्चा गर्नेछौं ।

फ्रान्स ४ वर्ष पहिलेको विश्व च्याम्पियन टोली हो । ऊ ४ वर्ष पहिले निकै बलियो थियो सोहि कारण नै उसले सन् २०१८ को फिफा विश्वकप जितेको थियो । तर अहिले फ्रान्स एक स्टेप अपग्रेड भईसकेको छ । फ्रान्स यसपटक पनि उपाधिका लागि धेरै मानिसहरुको फेब्रेट टोली हो । कारण टिममा भएको असाधारण क्षमतायुक्त खेलाडी र संगठित टिम । 

May be an image of 4 people, indoor and text that says 'FRANCE'सन् २०१८ मा फ्रान्सले निकै सहजताका साथ विश्वकपको ट्रफि जितेको थियो भन्दा फरक नपर्ला । विश्वकप फाइनलमा क्रोयसियालाई ४–२ ले, सेमिफाइनलमा बेल्जियमलाई १–० ले र क्वाटर फाइनलमा उरुग्वेलाई २–० ले  हराउँदै फान्सले विश्वकपको उपाधि जितेको थियो । यदि फ्रान्सले यो वर्ष पनि विश्वकप जितेमा लगातार दुई पटक विश्वकप जित्ने तेस्रो टोली बन्नेछ । यसअघि इटालीले सन् १९३४ र १९३८ मा त्यसै गरी ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकपको ट्रफि उठाएको थियो । के यस पटक फ्रान्सको टिममा त्यो क्षमता होला ? के यस पटक डिडियर डेसच्याम्पको टोलीले इटाली र ब्राजिलले गरेको प्रर्दशनीलाई दोहोर्याउन सक्छ ? त्यो हेर्न भने २० नोभेम्बर नै कुर्नुपर्छ । 

कागजमा यस वर्ष फ्रान्स र ब्राजिल निकै बलियो देखिएता पनि खेल जित्नका लागि भने खेल मैदानकै प्रदर्शनलाई हेर्नुपर्छ । उदाहरणका रुपमा हामी सन् २०१४ मा ब्राजिलमा भएको सेमिफाइनलको खेललाई लिन सक्छौँ । सेमिफाइनलको सो खेलमा जर्मनीले बलियो मानिएको ब्राजिललाई ७–१ ले हराएको थियो । यो नतिजा आँफैमा अविश्वसनीय थियो । यी कुरालाई अरु कुनै दिन बताउनेछौँ । आजको कार्यक्रममा हामी फ्रान्स टोलीमा रहेका ५ खेलाडीका बारेमा बताउने छौँ जो फ्रान्सको खेललाई जुनसुकै समय परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । 

१. ह्युगो लोरिस (३५ वर्षे, क्याप्टेन तथा गोल किपर)

ह्युगो लोरिस फ्रान्स टिमका क्याप्टेन र गोल किपर हुन् । उनकै क्याप्टेनसिपमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो । हुनत यस पटक फ्रान्सको गोल किपिङ गर्ने प्रबल सम्भावना एसी मिलानका गोलकिपर माईन मेग्निनको काधमा आउँन सक्ने देखिन्छ । तर प्रशिक्षक डीडीएर डेसच्याम्पको पहिलो रोजाई ह्युगो लोरिस नै बन्न सक्छन् । किनकी उनमा फ्रान्सको क्याप्टेनसिपको अनुभव र ठुला भनिएका टोली विरुद्ध खेलिसकेका कारण उनी नै यस पटक गोल किपिङ र क्याप्टेनसिपमा आउन सक्छन् । उदाहरणका रुपमा हामी स्पेनको पूर्व क्याप्टेन तथा गोल किपर इकर कासिलास र जर्मनीका क्याप्टेन तथा गोलकिपर म्यानुएल नोएलाई लिन सक्छौँ । यी खेलाडीहरुले आफ्नो कार्यकालमा टिमको क्याप्टेनसिपको जिम्मेवारीसँगै गोल किपिङ पनि गरेका थिए । जर्मनीका क्याप्टेन तथा गोलकिपर म्यानुएल नोए त अझै पनि जर्मनीको क्याप्टेनसिप र गोलकिपिङ आफैँ सम्हालिरहेका छन् । यी दुई गोल किपरका अलावा डीडीयर डेसच्याम्पसँग अल्फोन्स अरेओला(इपिएल क्लब वेस्ट ह्याम), अल्बान लाफन्ट(फ्रेन्च क्लब नान्टेस) र स्टीभ मन्डान्डा(फ्रेन्च क्लब रेनेस)पनि रहेका छन् । 

२. करिम बेन्जेमा (३४ वर्षिय फर्वाड)

Benzema crowns France comeback with player of the year prize | The Guardian  Nigeria News - Nigeria and World News — Sport — The Guardian Nigeria News –  Nigeria and World Newsकरिम बेन्जेमा रियल मड्रिडका सुपर स्टार र यो वर्षको बालेन‘डी’ओर विजेता हुन । करिब ९ वर्ष क्रिस्टियानो रोनाल्डो र गारेथ बेलको छत्रछायामा रहेका बेन्जेमा रोनाल्डो र बेलले रियल मड्रिड छाडेपछि अहिले खुलेर खेल्न पाईरहेका छन् । कुनै समय बेन्चमै ठन्किनुपर्ने र सब्सिच्युट भइरसहने बेल अहिले रियल मड्रिडका प्रमुख खेलाडी भएका छन् । उनकै सहयोगमा रियलले यो सिजनको ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको थियो । जहाँ उनले यो वर्ष रियल मड्रिडका लागि ४४ गोल गरे र १४ गोलका लागि सहयोग पनि गरेका थिए । जसमा यो सिजन उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरे उनी आफ्नै समकक्षी खेलाडी क्रिस्टियानो रोनाल्डोभन्दा २ गोलले मात्रपछि रहे । सन् २००९ मा रियल मड्रिड आएका उनले रियलका लागि ६०४ खेल खेली ३२९ गोल गरिसकेका छन् । बेन्जेमाले फ्रान्सका लागि भने ९७ खेल खेलि मात्र ३७ गोल गरेका छन् । यसरी हेर्दा उनी क्लब स्तरमा उत्कृष्ट प्रर्दशन गर्दै आएपनि देशका लागि भने उनले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । ३ वटा विश्वकपमा लगातार सहभागी भइसकेका बेन्जेमाका लागि यो पटकको विश्वकपमा आफ्नो फर्मलाई निरन्तरता दिदै देशकाम लागि पूनः एकपटक विश्वकप जिताउन मुख्य भुमिका खेल्ने मौका रहेको छ । बेन्जेमाले हालसम्म रियलमा रहि एक बालेन ‘डी’ ओर, ५ च्याम्पियन्स लिग, चार ला लिगा, दुई कोपा डे रे, चार स्पेनिस सुपरकप जितिसकेका छन् । यता आफ्नो देशबाट उनले एउटा विश्वकप र एउटा नेसन्सकप जितेका छन् । २० नोभेम्बरबाट सुरु हुने विश्वकपमा बेन्जेमाको जादु चल्ने छ या चल्ने छैन त्यो हेर्न भने कुर्नु नै पर्ने हुन्छ ।

३. एन्टोनी ग्रिजमन (३१ वर्षेिय, फरवार्ड)

Griezmann set for Atletico second coming | Reuters३१ वर्षीय फ्रेन्चम्यान एन्टोनी ग्रिजमन सहकर्मी बेन्जेमा भन्दा भिन्न छन् उनी आफू खेल्ने क्लब, एट्लेटिको मड्रिड भन्दा देशका लागि राम्रो प्रदर्शनी गर्दै आईरहेका छन् । उनले सन् २०१८ को विश्वकपमा फ्रान्सका लागि ४ गोल गरेका थिए । सन् २०१४ मै विश्वकपमा देब्यु गरेका ग्रिजमनले आफ्नो विश्वकप डेब्यु खेलमै फ्रान्सका लागि गोल गरेका थिए । ग्रिजमनले फ्रान्सका लागि ११० खेलमा ४२ गोल गरेका छन् । जसमध्ये विश्वकप छनोटमा १०, विश्वकपमै ४, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा १४, नेसन्स लिगमा ४, युरोमा ७ र युरो क्वालिफाइडमा ३ गोल रहेका छन् । 

ग्रिजमनले फ्रान्सका लागि एक विश्वकप एक नेसन्सकप जितेका छन् । हाल एट्लेटिको मड्रिडमा खेलिरहेका ग्रिजमन सन् २०१४ मा रियल सोसिडालाई छोडी स्पेनको एट्लेटिको मड्रिड आएका थिए । उनी एट्लेटिको मड्रिडमा आएपछि एट्लेटिकोको अट्याकिङ सुढृद भएको छ । ग्रिजमनकै संलग्नतामा एट्लेटिको मड्रिडले २ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । दुर्भाग्यवश उसको प्रतिद्धन्दी दुबै पटक रियल मड्रिड थियो । ५ वर्ष रियल सोसिडाका लागि खेलेका उनले सो अवधिमा सोसिडाका लागि ५२ गोल गरेका थिए । पाचँ वर्ष एट्लेटिको मड्रिडमा खेलेका उनले सो अवधिमा क्लबका लागि १३३ गोल गरे । त्यसपछि उनले एट्लेटिको छोडी स्पेनकै अर्को ठुलो क्लब बार्सिलोना ३ वर्षका लागि गए । तीन वर्षे अबधिमा उनले बार्सिलोनाका लागि ३५ गोल गरे । बार्सिलोनामा खासै राम्रो प्रदर्शन गर्न नसकेको आलोचना आउन थालेपछि उनले सन् २०२१–२२ मा पूनः एट्लेटिको नै फर्केका छन् । आउँदै गरेको फिफा विश्वकप कतारमा ग्रिजमनले आफ्नो जादु फैलाउन सके फ्रान्स पूनः एकपटक विश्वकपको उपाधि जित्न सक्षम हुने देखिन्छ । 

४. केलियन एम्बाप्पे (२३ वर्षीय फर्वाड)

Kylian Mbappe scores four as reigning World Cup champions France qualify  for 2022 in Qatar | CNNअघिल्लो संस्करणको विश्वकपमा १७ वर्षका मात्रै थिए केलियन एम्बाप्पे । तर उनले सो संस्करणमा विश्वलाई नै देखाएका थिए उनी कती सक्षतावान छन् भन्ने कुरा । उनले सो संस्करणको विश्वकपमा ४ गोल गरि पेलेपछि सबैभन्दा युवा उमेरमा ४ गोल गर्ने दोस्रो खेलाडी बनेका थिए । उनी सो संस्करणको विश्वकपमा फिफा बेस्ट योङ प्लेयरको अवार्ड जितेका थिए । क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आइडल मान्ने एम्बाप्पे अहिले संसारकै सबैभन्दा महंगो प्लेयरका रुपमा पेरिस सेन्ट जर्मन(पीएसजी) मा आबद्ध भएका छन् । उनलाई रियल मड्रिड र म्यान्चेष्टर सिटीले भित्राउन धेरै दौडधुप गरेता पनि अन्तत उनी पीएसजीमै रहे । निकै छिटो र छरितो दौड्न सक्ने उनमा बललाई खेलाउने शैली निकै उत्कृष्ट रहेको छ । विपक्षी डिफेन्सलाई एक सेकेन्ड पनि रोक्न र सोच्न नदिनुले उनको खेल क्षमतालाई पुष्टि गर्छ । 

पछिल्लो संस्करणमा युवा उमेरमै फ्रान्सलाई विश्वकपको ट्रफि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एम्बाप्पेले क्रोयसियासँगको फाइनल खेल दौरान ६५औं मिनेटमा गोल गरेका थिए । सो संस्करणमा १७ वर्षका उनी ४ वर्षपछि अर्थात कतार विश्वकप दौरान उनी २१ वर्षका हुनेछन । यो पटक कतारमा हुने विश्वकपमा उनी उमेर र अनुभव दुबैले परिपक्क भईसकेका छन् । उनीसँग संसारकै सबैभन्दा उत्कृष्ट मानिएका खेलाडी मेस्सी र नेमारसँग खेलेको अनुभव छ । आफ्नो देश र क्लबका लागि गरी उनले हालसम्म २४३ गोल गरिसकेका छन् । जसमध्ये उनले रोमा र पीएसजी क्लबका लागि २१५ गोल गरिसकेका छन् । फ्रान्सका लागि पनि उनले ५९ खेलमा २८ गोल गरी आफ्नो खेल क्षमता देखाइ सकेका छन् ।

५. राफेल भारान (२९ वर्षीय, डिफेन्डर)

Varane implores France to rediscover World Cup form ahead of Nations League  Finalsराफेल भारान रियल म्याड्रिडका महत्वपूर्ण खेलाडी हुन । २९ वर्षका भारानले १८ वटा ट्रफी जितिसकेका छन् । फ्रान्सका सेन्टर ब्याक भारान लेन्सबाट सन् २०११ मा १० मिलियनमा रियल पुगेका हुन् । रियलको इतिहासमा यति धेरै ट्रफी जित्ने उनी सबैभन्दा कान्छा खेलाडी मध्येमा पर्छन । रियलकै अर्का खेलाडी करिम बेन्जेमाले १९ वटा उपाधि जितेका छन् । ख्यातीप्राप्त खेलाडी जासे एन्टोनियो कामाचो र इकर कासिलासको नाममा पनि १९ ट्रफी जितेको रेकर्ड छ । उनले रियलबाट ५ च्याम्पियन्स लिग, ३ युरोपियन सुपर कप, ४ क्लब विश्व कप, २ ला लिगा, १ कोपा डेल रे र ३ वटा सुपर कप जितेका छन् । 

सन् २०१८ मा उनले देशका लागि विश्व कप पनि जितेका थिए । त्यो समेत जोड्दा उनको खेल जीवनमा १९ ट्रफी पुगिसकेको छ । भारानसँग विश्वकै उत्कृष्ट खेलाडीहरु रोनाल्डो, करिम बेन्जेमा र गारेथ बेलसँग खेलेको अनुभव छ । उनी डिफेन्डर भएर पनि आवश्यक परेको बेला फर्वाडबाटै चमत्कार देखाउन सक्ने खेलाडी हुन् । उनको अर्को विशेषता भनेको उनी खेल दौरान हर समय निकै सजग भएर विपक्षी टोलीको अट्याकिङलाई बिफल बनाउन सक्ने खुबी राख्छन् । तर हालै चेल्सीसँगको खेलमा दाहिने तिघ्रामा चोट बोकेका कारण कतार विश्वकपमा सुरु हुने बेलासम्म उनी टिममा फर्कन्छन् वा फर्कदैनन् त्यो भने हेर्न बाँकी नै छ । 

फ्रान्सको विश्वकप टोली 
गोलकिपरः ह्युगो लोरिस (टोटेनहम हटस्पर), अल्फोन्स एरोला (वेस्ट ह्याम), स्टिभ मन्डान्डा (रेनेस) ।

डिफेन्डरः लुकास हर्नान्डेज (बायर्न म्युनिख), थियो हर्नान्डेज (एसी मिलान), प्रेस्नेल किम्पेम्बे (पीएसजी), इब्राहिमा कोनाटे (लिभरपुल), जुलेस काउन्डे (बार्सिलोना), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलियम सलिबा (आर्सनल), डेयोट उपमेकानो (आर्सनल) बायर्न म्युनिख), राफेल भारान (म्यानचेस्टर युनाइटेड) ।

मिडफिल्डरः एडुआर्डो कामाभिङ्गा (रियल म्याड्रिड), युसुफ फोफाना (मोनाको), माटेओ गुएन्डोजी (मार्सेली), एड्रियन राबियोट (युभेन्टस), ओरेलियन चाउमेनी (रियल म्याड्रिड), जोर्डन भेरेटाउट (मार्सेली) ।

फरवार्डहरूः करिम बेन्जेमा (रियल म्याड्रिड), किंग्सले कोमान (बायर्न म्युनिख), ओलिभर जिरुड (एसी मिलान), ओस्मान डेम्बेले (बार्सिलोना), केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन), एन्टोनी ग्रिजम्यान (एटलेटिको मड्रिड), क्रिस्टोफर लेकुन्कु (बायर्न) ।        

Logo