एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शुक्रवार घरेलु टोली नेपालले यूएईसँग तेस्रो तथा अन्तिम प्रतिस्पर्धा गर्दैछ ।
बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र यूएईबीचको यो खेल श्रृंखलाको निर्णायक खेल हो । यसअघि भएका खेलमा नेपाल र यूएई १–१ को बराबरीमा छन् । पहिलो खेलमा यूएई ले नेपाललाई ८४ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको थियो । दुवै टोली श्रृंखलामा २–१ को जित हात पार्ने दाउमा रहेका छन् ।





























प्रतिक्रिया