इरानको पोष्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

इरानको पोष्टमा इंग्ल्यान्डको आधा दर्जन गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार राति खलिफा रंगशालामा भएको खेलमा इरानलाई इंग्ल्यान्डले ६-२ ले पराजित गरेको हो । 

इंग्ल्यान्डको जितमा बुकायो साकाले २ गोल गरे । साथै जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १/१ गोल गरे । इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वनामै सिमित बन्यो । 

जितसँगै इंग्ल्यान्डले समूह बी मा ३ अंक जोडेको छ ।  

Logo