फिफा विश्वकपमा आजः साविक उपविजेता क्रोएसिया मोरक्कोसँग भिड्दै

फिफा विश्वकपमा आजः साविक उपविजेता क्रोएसिया मोरक्कोसँग भिड्दै

केन्द्रबिन्दु
0
Shares

गत संस्करणको उपविजेता क्रोएसियाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा मोरोक्कोको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे अल बेयत रंगशालामा हुनेछ ।

दुवै टोली छैटौं पटक विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । मोरक्कोले सन् १९७० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि ३ पटक विश्वकप खेलेको मोराक्को २० वर्षपछि रुसमा सन् २०१८ विश्वकपका लागि छनोट भएको थियो ।

यता साविकको उपविजेता क्रोएसियाले सन् १९९८ मा पहिलो सहभागितामै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यसपछि २००२, २००६ र २०१४ मा टोलीले समूह चरण पार गर्न सकेन । सन् २०१८ मा भने उपाधि भिडन्तमा सहभागी क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।

हालसम्म यी दुई टोलीबीच एक पटक मात्र खेल भएको छ । सन् १९९६ मा भएको मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।

 

Logo