स्वीट्जरल्यान्डले जारी फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह चरणको पहिलो खेलमा क्यामरुनमाथि १-० को जित निकाल्दै स्वीट्जरल्यान्डले सुखद् सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा स्वीट्जरल्यान्ड ब्रिल एम्बोलोको गोलमा अग्रता लिन सफल भएको थियो । उनले खेलको ४८औं मिनेटमा साक्विरीको पासमा गोल गरेका थिए । सो अग्रता कायम राख्दै स्वीट्जरल्यान्ड विजयी बन्यो ।
जितसँगै समूह ‘जी’ मा रहेको स्वीट्जरल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । यो समूहमा स्वीट्जरल्यान्ड र क्यामरुनसँगै ब्राजिल र सर्विया छन् । ब्राजिल र सर्वियाको खेल पनि आजै राति हुँदैछ ।
प्रकाशित: ८ मंसिर २०७९ १७:४२ बिहीबार