सेनेगलले फिफा विश्वकप २०२२को आयोजक कतारमाथि सहज जित हात पारेको छ । शुक्रबार भएको समूह ए को खेलमा सेनेगलले ३-१ को जित दर्ता गरेको हो ।
खेलको ४१औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ४८औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० ले अघि बढाए ।
७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई खेलमा फर्काउने कोसिस गरे । तर, ८४औं मिनेटमा बाम्बा डीएङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।
जितसँगै सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोर्दै कतार भने अंकविहिन छ । समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलको ३/३ अंक छ ।





























प्रतिक्रिया