नेयमारले विश्वकपको दुई खेल गुमाउने

नेयमारले विश्वकपको दुई खेल गुमाउने

केन्द्रबिन्दु
0
Shares

ब्राजिलीयन स्टार फरवार्ड नेयमारले कतारमा जारी फिफा विश्वकपको समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । 

बिहीबार भएको सर्वियासँगको खेलमा  नेयमारले दाया खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । चिकित्सकका अनुसार उनले कम्तीमा पनि दुई खेल गुमाउने बताएका छन् । सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंकलमा चोट बोकेपछि नेयमारलाई ८०औं मिनेटमा परिवर्तन गरिएको थियो । जुन खेलमा ब्राजिलले सर्वियाविरुद्ध २–० को जित निकालेको थियो । 

साथै ब्राजिलीयन राइट ब्याक ड्यानिलोले पनि खुट्टाको चोटकै कारण अर्को दुई खेल गुमाउने भएका छन् । 

समूह जीको ब्राजिलले सोमबार स्वीट्जरल्यान्डसँग तथा शुक्रबार क्यामरुनसँग खेल्दै छ ।
 

Logo