खेल कौशल पर्याप्त भएरपनि हालसम्म विश्वकप जित्न नसकेको अभागी टोली हो ‘बेल्जियम’ ।
पछिल्लो १० वर्षमा बेल्जियम विश्वकप ट्रफी जित्न धेरै नजिक, तर पर्याप्त नभएको टोली हो । यो संस्करण समेतलाई हेर्ने हो भने बेल्जियमले १४ पटक विश्वकपमा सहभागिता जनाइसकेको छ । उसले पहिलो पटक सन् १९३० मा प्रतियोगितामा सहभागीता जनाएको थियो । बेल्जियम सन् २००६ र २०१० को विश्वकपमा छनोट नै हुन सकेन ।
तर सन् २०१४ को विश्वकपमा भने उ क्वाटर फाइनससम्मको यात्रा तय गर्न सफल भएको थियो । क्वाटर फाइनलमा बेल्जियम अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो । सो प्रतियोगितामा अर्जेन्टिना फाइनसम्म पुगेको थियो । बेल्जियमको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन भने सन् २०१८ रुसमा भएको विश्वकपलाई लिने गरिएको छ । सो विश्वकपमा बेल्जियम सेमिफाइानलसम्म पुगेको थियो । तर उसको यात्रामा तगारो फ्रान्स बन्दियो । बेल्जियम फ्रान्ससँग सेमिफाइनलमा १–० ले हार्दै प्रतियोगिताको भिड्न्तबाट निस्कियो । तर उसले इङल्यान्डलाई २–० ले हराउदै तेस्रो बनेको थियो ।
बेल्जियमलाई आफ्ना शीर्ष खेलाडीहरूको गोल्डेन पुस्ताले आफ्नो अन्तर्राष्ट्रिय करिअर ट्रफीविहीन हुन्छ कि भन्ने चिन्ता छ । बेल्जियमको केभिन डी ब्रुएन, रोमेलु लुकाकु र थिबाउट कोर्टुवा जस्ता खेलाडीहरू आ–आफ्नो क्लबका सुपरस्टारहरू खेलाडी हुन् । तर के बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजका लागि ती खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मैदानमा डो¥याउने यो अन्तिम मौका हो ? हालैका केही अन्तर्वार्ताका अनुसार बेल्जियनहरु नै यो संस्करणमा सफलता हात लागिहाल्नेमा आशावादी छैनन् ।
बेल्जियमको लुसेल (फाइनल खेल हुने मैदान) सम्मको यात्रा
बेल्जियम समूह ‘एफ’ को मुख्य आकर्षण हो । उसको समूहमा मोरक्को, क्यानडा र क्रोएसिया छन् । बेल्जियमको तेस्रो खेल क्रोएसिया विरुद्ध छ । अर्थात उसलाई तेस्रो खेल निकै कठिन हुनेछ । बेल्जियमले आफ्नो पहिलो खेलमा क्यानडालाई १–० गोलले हराएर महत्वपुर्ण ३ अंक लिएर शिर्ष स्थानमा रहेको छ ।
मस्को–फाइनलमा फ्रान्ससँग पराजित हुँदै दोस्रो भएको क्रोयसिया पछिल्लो समय निकै बलियो भएको छ । तसर्थ जाडो याममा हुन लागेको कतार विश्वकपमा क्रोयसिया र बेल्जियम दुबैलाई कम आक्न नहुने बताइएको छ । तर बेल्जियमले क्रोयसियासँग खेल्नुअघि मोरक्कोलाई पराजित गर्नुपर्नेछ । ‘रेड डेभिल्स’ को उपनामले समेत चिनिएको बेल्जियन टोलीले दुबै टोलीसँग निकै कम खेलेको अनुभव छ । बेल्जियमले दुबै टोलीसँग जम्मा चार खेल मात्र खेलेको छ ।
बेल्जियमका प्रमुख खेलाडीहरू…
बेल्जियममा रहेका स्टार खेलाडीहरुका बारेमा भन्नुपर्दा मै हु भन्ने देश पनि एकछिन सोचमा पर्ने देखिन्छ । उसको टोलीमा केभिन डी ब्रुएनलाई मिडफिल्ड सेक्सनमा उनको उपस्थितिलाई मात्र पनि उत्कृष्ट ठानिएको छ । सन् २०१४ को विश्वकप र सन् २०१६ को युरोकपमा केभिन डी ब्रुएनले निकै प्रभावशाली प्रदर्शन गरेका थिए । विश्वकप अन्तर्गत डी ब्रुएनले राउण्ड अफ १६ को खेलमा अमेरिका विरुद्ध २–१ गोल गर्दा पहिलो गोल उनैले गरेका थिए । यस्तै सन् २०१६ को युरोपकपमा केभिनले एन्डोरा विरुद्ध ६–० को जित निकाल्दा २ गोलको सहयोग गरेका थिए ।
यस्तै सन् २०१८ रसिया विश्वकपमा केभिनले पानामा विरुद्ध एक असिस्ट गरेका थिए । र यस्तै क्वाटर फाइनलमा ब्राजिल विरुद्धको खेलमा केभिनले २–१ को जित निकाल्दा निर्णायक गोल गरेका थिए । केभिन डी ब्रुएन, रोमेलु लुकाकु र इडेन हाजार्डको जोडीलाई निकै उत्कृष्ट जोडी मानिएको छ । बेल्जियमका लागि अर्का उत्कृष्ट खेलाडी रोमेलु लुकाकु हुन् । उनलाई अहिले संसारका सबैभन्दा प्रभावशाली स्ट्राइकरमध्येमा लिइएको छ । रोमेलु लुकाकुले आफ्नो डेब्यु खेलमै सन् २०१० रसिया विरुद्धको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए । ३१ वर्षमै बेल्जियमका लागि सर्वाधिक गोल गर्न सफल लुकाकु २१ औें शताब्दीकै उत्कृस्ट स्ट्राइकारका रुपमा चिनिन्छन् ।
स्पेनी रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्ड लयमा फर्कदा मात्र बेल्जियन टीमलाई सफलता हात लाग्न धेरै सहयोग पुग्ने देखिएको छ । हाजार्ड सन् २०१९ मा रियल म्याड्रिडमा आवद्ध भएका थिए । तर मेजर इन्जुरीका कारण उनी सधैं खेल मैदान बाहिर नै रहे । तर यसमा कुनै शंका छैन कि उनी फुटबल खेलजगत्कै उत्कृष्ट फर्वार्ड मध्ये एक हुन ।
अघिल्लो संस्करणको असफलतालाई बिर्सदै बेल्जियमका गोल्डेन पुस्ताले यो संस्करणमा आफ्नो देशका लागि फुटबलकै उत्कृष्ट ट्रफी भित्राउने यो नै अन्तिम अवसर हुनेछ । तर के उसको गोल्डेन पुस्ताले कतार विश्वकपमा आफ्नो प्रभाव छोड्न सक्ला ?





























प्रतिक्रिया