के अफ्रिकी राष्ट्रहरुले २२ औं संस्करणको विश्वकप जित्न सक्लान् ?

के अफ्रिकी राष्ट्रहरुले २२ औं संस्करणको विश्वकप जित्न सक्लान् ?


फिफा विश्वकप यस्तो प्रतियागिता हो जसले फुटबलको माध्यमबाट सातै महादेशलाई एक ठाउँमा जोड्ने गर्छ । जारी प्रतियोगिता विश्वकपको २२ औं संस्करण हो । विश्वकपको २२ औं संस्करण चलिरहँदा हालसम्म युरोपेली र दक्षिण अमेरिकी राष्ट्र बाहेक अरु कसैले पनि ट्रफी जित्न सकेको छैन । 

विश्वकपको २२ औं संस्करण परिवर्तनको संस्करण बन्न सक्ला त ? के अफ्रिकी राष्ट्रहरुले यो संस्करणको ट्रफी उठाउन सक्लान् ? सन् १९९८ को विश्वकप जितेका फ्रेन्च खेलाडी फ्रान्क लेबोउफले भनेका छन् ‘कतारमा आफ्नो स्थान बनाउनका लागि अफ्रिकन राष्ट्रहरुसँग बलियो टोली छ । जसले गर्दा अफ्रिकी राष्ट्रहरुले यो मौकाको भरपुर फाइदा उठाउने छन् ।’ 

पछिल्लो समय अफ्रिकी फूटबल खेलाडीहरुको पकड विश्व जगतमा बलियो बन्दै गएको छ भन्दा फरक नपर्ला । किनकी सन् २०२२ बालोन डी’ ओरको अग्रपंक्तिमा सेनेगलका साडियो माने र इजिप्टका मोहम्मद सलाह पनि परेका थिए । 

विश्वकपमा विभिन्न अन्तरालमा अफ्रिकी राष्ट्रहरुको प्रदर्शन 
 

१. विश्वकपका लागि अफ्रिकी महादीपबाट इजिप्टले पहिलोपटक सन् १९३४ मा भाग लिएको थियो। 
 

२. विश्वकपमा अफ्रिकी टोलीहरुमध्ये मोरक्कोले पहिलोपटक सन् १९७० मा अंक ल्याएको थियो। 
 

३. अफ्रिकी महादीपबाट विश्वकपमा पहिलो खेल जित्ने राष्ट्र ट्युनिसिया हो ।
 

४. सन् १९८२ मा अल्जेरियाले बलियो पश्चिम जर्मनीलाई हराएको थियो । 
 

५. सन् १९८६ मा मोरक्को पहिलो पटक राउन्ड अफ १६ मा पुग्न सफल भएको थियो ।  
 

६. सन् १९९० मा क्यामरुन क्वार्टर फाइनलसम्म पुग्न सफल भएको थियो । 
 

७. सन् १९९४ मा अफ्रिकी महादीपका ४२ वर्षीय रोजर मिलले थिए । 
 

८. सन् २००२ मा सेनेगल क्वार्टर फाइनल पुगेको थियो ।
 

९. सन् २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजना गरेको थियो । 
 

१०. सन् २०१४ मा दुई अफ्रिकी टोली अल्जेरिया र नाइजेरिया राउन्ड अफ १६ मा पुगेका थिए ।  

सन् १९८२ पछि पछिल्लो संस्करणको विश्वकपमा कुनैपनि अफ्रिकी टोलीले समूह चरण पार गर्न सकेनन् । जारी संस्करणमा अफ्रिकी महादीपबाट ५ राष्ट्रहरुले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त आयोजना गर्दैछन् । जसमा विश्वभरबाट छनोट भई ४८ राष्ट्रहरु उपाधिका लागि भिड्ने छन् । जसमध्ये ९ राष्ट्रहरु अफ्रिकी महादीपबाट हुनेछन् । 

दक्षिण अफ्रिकाका फुटबल पडिंतहरु भन्छन् ‘हामीले जाम्बियाले अफ्रिका कप अफ नेसन्स जितेको देखेका छौं । लेस्टर सिटीले प्रिमियर लिग जितेको देखेका छौं । त्यसैले अफ्रिकी टोलीले पनि विश्वकप जित्न नसक्ला भन्न सकिन्न । अहिलो अफ्रिकी टोलीसँग उत्कृष्ट खेलाडीहरु छन् जो युरोप तथा अमेरिकी क्लबहरुमा खेल्ने गर्छन ।’ 

कतार विश्वकपमा सहभागी ५ राष्ट्रहरु

क्यामरुन
१९९० मा उत्कृष्ट प्रर्दशन गर्दै क्वाटर फाइनलसम्म पुगेको टोली हो क्यामरुन । जारी प्रतियोगितामा क्यामरुन स्विट्जरल्याण्डसँग १–० ले हार व्यहोरेको थियो । सोमबार साँझ भएको खेलमा क्यामरुनले सर्वियासँग ३–३ को बराबरी खेलेको छ । क्यामरुनले विश्वकपमा अहिलेसम्म ८ पटक सहभागीता जनाईसकेको छ । जारी प्रतियोगितामा क्यामरुनका मुख्य प्रशिक्षक रिगोवर्ट सङ हुन् । क्यामरुनका लागि महत्वपूर्ण खेलाडी भिन्सेन्ट अवाउवाकर हुन् । 

मोरक्को
सन् १९८६ मा दोस्रो राउण्डसम्म पुगेको टोली हो मोरक्को । उसले अहिलेसम्म ६ पटक विश्वकपमा सहभागीता जनाइसकेको छ । जारी प्रतियोगितामा मोरक्कोका प्रशिक्षक वाहिद हलिलहोजिक रहेका छन् । 

ट्युनिसिया 
अहिलेसम्म समूह चरणबाट अघि बढ्न नसकेको टोली हो ट्युनिसिया । विश्वकपमा ६ पटक सहभागी भइसके पनि ट्युनिसियाले उल्लेख्यनीय प्रदर्शन भने गर्न सकेको छैन् । जारी प्रतियोगितामा ट्युनिसियाले पहिलो खेलमा अस्टे«लियासँग १–० ले हारे पनि दोस्रो खेलमा भने सुधारिएको प्रदर्शनका कारण बराबरी खेलेको छ । उसले आफ्नो तेस्रो खेलमा फ्रान्सको सामना गर्नेछ । जारी प्रतियोगितामा ट्युनिसियाको बागडोर प्रशिक्षक जलेल काद्रीको काँधमा रहेको छ । 

घाना 
सन् २०१० को फिफा विश्वकपमा क्वाटर फाइनलसम्म पुगेको टोली हो घाना । घानाले अहिलेसम्म फिफा विश्वकपमा ४ पटक सहभागिता जनाइसकेको छ । जारी प्रतियोगितामा घाना पोर्चुगलसँग ३–२ गोलले हारेको थियो । यस्तै आज बेलुकी हुने खेलमा घाना दक्षिण कोरिया विरुद्ध मैदानमा उत्रदै छ । घानाको बागडोर प्रशिक्षक ओटो एडोको काँधमा रहेको छ । 

सेनेगल
सन् २००२ मा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटर फाइनलसम्म पुगेको टोली हो सेनेगल । यो टोली विश्वकपमा ३ पटक सहभागी भएको छ । विश्वकपका लागि सेनेगलका प्रशिक्षक एलियोस सिसे छन् । सेनेगल कतारमा जाने अफ्रिकाको सबैभन्दा कम अनुभव भएको राष्ट्र हो । जोसँग दुई पटक विश्वकप खेलेको अनुभव छ । जसमा सन् २००२ मा क्वाटर फाइनलमा पुगेको सेनेगल २०१८ मा नकआउटसम्म पुगेको थियो । यद्यपि सेनेगलले अफ्रिका कप अफ नेसन्स भने जितिसकेको छ । के अब सेनेगलले कतारमा आफ्नो प्रभाव छोड्न सक्ला त ?  

 

Logo