पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा


अर्जेन्टिना विश्वकप फुटबलको ‘राउण्ड अफ १६’ मा प्रवेश गरेको छ ।

गएराति पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक–एक गोल गरे । खेलको ३९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपरले बचाए । ४६ औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । ६७ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।

यससँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । उसले ३ खेलमा ६ अंक जोड्यो । तीन खेलमा ४ अंक बनाएको पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

Logo