घानामाथि जित निकाले पनि समूह चरणबाटै बाहिरियो उरुग्वे

घानामाथि जित निकाले पनि समूह चरणबाटै बाहिरियो उरुग्वे


अन्तिम खेलमा जित निकाल्दा पनि उरुग्वे फिफा विश्वकप कतार २०२२ को समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार घानामाथि २-० को जित निकाले पनि गोलअन्तरमा उरुग्वे नकआउट चरणमा प्रवेश गर्न नसकेको हो ।

घानाले खेलको १७अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुले सो अवसर सदुपयोग गर्न सकेनन् । त्यसपछि  २६अ‍ौं मिनेटमा जिअर्जिअन डे अरासेटाले उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । ३२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए तर, नकआउट चरणमा प्रवेश गर्न सकेन । 

समूह एचको उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । तर, गोलअन्तरमा दक्षिण कोरियासँग पछि पर्यो । आजै भएको खेलमा पोर्चुगलमाथि २-१ को जित निकाल्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । 

Logo