सर्बियालाई हराउँदै स्विट्जरल्याण्ड नकआउट चरणमा

सर्बियालाई हराउँदै स्विट्जरल्याण्ड नकआउट चरणमा

केन्द्रबिन्दु
0
Shares

स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

कतारको स्टेडियम ९७४ मा गएराति भएको खेलमा सर्बियालाई ३–२ले हराउँदै स्विट्जरल्याण्ड अन्तिम १६ मा पुगेको हो । खेलको २० औँ मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई सुरुआती अग्रता दिलाए । २६ औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए ।

३५ औँ मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए । ४४ औँ मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई २–२ को बराबरीमा ल्याए । ४८ औँ मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ३–२ को जित दिलाए । यससँगै तीन खेलमा ६ अंक जोडेर स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । तीन खेलमा १ अंक जोडेर सर्बिया बाहिरिएको छ ।

Logo