नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङके निम्तो पाएको हो ।
आजको खेलमा तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा रहेका छन् भने नामिबियाविरुद्धको पहिलो खेलमा टिममा नरहेका करण केसी मैदान उत्रिएका छन् । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ।
यो शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई हराएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित बनेपछि नेपाल र नामिबियाले अंक बाँडेका छन्। ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।





























प्रतिक्रिया